Logo
Logo

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले दिए राजीनामा



काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले राजीनामा दिएका हुन् ।

भारतीय समाचार संस्था न्युज नाइनले आफ्नो ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले ह्वाटमोरको ब्यवस्थापक कम्पनी फस्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेकाे हो । 

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।उनले क्यानसंग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।

उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा छ।

प्रतिक्रिया दिनुहोस्