Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु



काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो । जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।

कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ननेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्