Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको सिन्धुलीमाडी शाखा सञ्चालनमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकाको सिन्धुलीमाडीमा शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सिन्धुलीमाडीका नगरप्रमुख खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । नयाँ शाखाले त्यस क्षेत्रका ग्राहकलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्नुका साथै स्थानीयको मागअनुसारको बैंकिङ सेवा पूर्णरूपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकले ८७ शाखा, १ सय ३० एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङमार्फत सेवा पु¥याइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्