Logo
Logo

दराजबाट किनेको सामान आइएमई पे हबमा फिर्ता गर्न सकिने व्यवस्था



काठमाडौँ । अनलाइन बजार दराजले आइएमई पेसँगको साझेदारीमा देशका विभिन्न भागहरूमा नयाँ ड्रप अफ प्वाइन्ट्सहरू स्थापना गरिएको जनाएको छ ।दराजबाट किनेको सामान ग्राहकले फिर्ता गर्नुपरेमा आइएमई पे हबमार्फत फिर्ता गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकको अनलाइन सपिङ अझ सुविधाजनक बनाउने उद्देश्यले दराजले आइएमई पे हबमार्फत सामान फिर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

सामान रिटर्नका लागि अधिक सुविधाजनक र समस्यारहित विकल्प छनोट गरिएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई अनलाइन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरू पेस गर्नुका साथै इ–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि रहेको कम्पनीको दाबी छ ।

दराजको हबबाहेक ग्राहकले उपत्यकाका साथै पोखरा, विराटनगर र वीरगन्जमा तोकिएका आइएमई पे हबमार्फत सामान फिर्ता गर्न सकिने कम्पनीले जनाएको छ । आउँदो हप्ता थप १८ वटा हब निर्धारण हुने कम्पनीको भनाइ छ । यसबाहेक दराजको डेस्क राइडलाई बोलाएर आफ्नो सामान फिर्ता पठाउन पनि सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्