Logo
Logo

ग्रिजम्यान एथ्लेटिको फर्कदा बार्सिलोनालाई धक्का



एजेन्सी । फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो ।

आर्थिक समस्यामा गुज्रिरहेको बार्सिलोनाले ग्रिजम्यानसहित ११ खेलाडी गुमाएको छ । यसअघि लियोनल मेस्सीसमेत बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगिसकेका छन् ।

३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले बार्सिलोनामा एक सय दुई खेल खेल्दै ३५ गोल गरेका थिए । ग्रिजम्यानले बार्सिलोनामा रहँदा कोपा डेल रेको मात्रै उपाधि हात पारे ।

यसअघि एथ्लेटिकोबाट सन् २०१९ मा बार्सिलोना जानु अघि ग्रिजम्यानले दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए । ग्रिजम्यानले अब बार्सिलोनाका पूर्वसहकर्मी लुईस स्वारेजसँगै अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्