Logo
Logo

सभामुख सापकोटाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमाथिको सुन्वाइ आज पनि ‘हेर्न नमिल्ने’ आदेश गरेको छ ।

सभामुख सापकोटाविरुद्धको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्नेगरी पहिलो नम्बरमा पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको बेन्च गठन भएको थियो । सो इजलासले सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको हो ।

सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध अर्जुनपत्नी पूर्णिमाया लामाले २०६९ मा र कनकमणि दीक्षितले २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्न बुधवार पेशी तोकिएको थियो । यसअघि ३० फागुन २०७६ मा सो मुद्दाको पेशी तोकिएको थियो ।

काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविबाट २०६२ वैशाखमा लामा अपहरण गरी खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै पत्नी पूर्णिमायाले दिएको जाहेरी प्रहरीले नलिएपछि उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।

सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटाविरुद्ध जाहेरी दर्ता भएको थियो । सो जाहेरी महान्यायाधिवक्ताको कार्यालयको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले तामेलीमा राखेको छ । सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दाहालका अनुसार अब अर्को इजलास गठन भएपछि मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्