Logo
Logo

अपडेट | श्रीलंका आक्रमणमा मृत्यु हुने २०७ पुगे, ५ सय बढी घाइते


- दृष्टि न्युज/संवाददाता


Sri Lanka Church Blasts

कोलम्बो, ८ बैशाख (एएफपी) । श्रीलंकाको राजधानी कोलम्बोका आइतबार शृंखलाबद्ध आक्रमण भएको छ । सो आक्रमणमा परी २०७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।
आक्रमणकारीले प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगको ६ वटा स्थानमा बिस्फोट गराएका थिए । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन् । बिस्फोटका कारण अरु करिब ५ सय भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।
सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । चर्चसहित राजधानीका तीनवटा पा“चतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका सांग्र्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।
बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भु“इ टुटेफुटेका टाइल, भा“चिएका काठपात र रगत लतपतिएको देखिएको छ ।
बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हु“दा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।
श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए । प्रहरी प्रमुख पुजुथले ११ अप्रिलमा प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।
यसैबीच श्रीलंकामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भत्र्सना गरेका छन् । शृंखलाबद्ध आक्रमण भएपछि श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार सा“झदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्