Logo
Logo

खेलाडीहरुलाई खेलमा केन्द्रित हुन प्रशिक्षक अब्दुल्लाहको आग्रह



काठमाडौं । नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले भारतसँगको मैत्रीपूर्ण खेल आफूहरुले जित्न चाहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा उनले भारतसँगको मैत्रीपूर्ण खेल जित्नु महत्वपूर्ण रहेको बताउँदै खेलाडीहरुलाई खेलमा केन्द्रित हुन समेत आग्रह गरे ।

उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन् । उनले भने, ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस् ।’

यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफूहरूले समूहमा विश्वास गर्ने भन्दै प्रशिक्षणको तारिफ गरे । उनले प्रशिक्षकलाई गडफादरको संज्ञा दिँदै भने, ‘हामी समूहमा विश्वास गर्छौ र समूहको रूपमा ऊर्जावान् छौँ ।’ दक्षिण एसियामा नेपालको पोजिसन ८ मध्ये सातौँमा रहेपनि आफूहरूको लक्ष्य ठूलो भएको बताए ।

एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले आफूहरूले मैत्रीपूर्ण खेललाई कोभिडको दौरान पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा लिएको बताउँदै खेल मैदानदेखि फिफाको हेल्थ प्रोटोकल र सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्