Logo
Logo

काठमाडौं उपत्यकाको निषेधाज्ञा हट्यो



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला करिब पाँच महिना यता जारी निषेधाज्ञा हटेको छ । बुधबार उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् । उनका अनुसार निषेध भन्ने शब्दलाई हटाएर आदेश जारी गरेका गरिएको हो । यस अवधिमा स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सकिनेछ ।

यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइदैन थियो । अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै, ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्