Logo
Logo

अन्सु फातीले १० नम्बरको जर्सी लगाउने



एजेन्सी । बार्सिलोनाका युवा स्टाईकर अन्सु फातीले १० नम्बरको जर्सी लगाउने भएका छन् ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि १० नम्बर जर्सी खाली रहेको थियो । उक्त जर्सी युवा स्टाईकर फातीले लगाउने भएका हुन् । बार्सिलोनाले सामाजिक संजालमार्फत फातीले १० नम्बर जर्सी लगाउने जनकारी दिएको छ ।

स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । चोटबाट मुक्त भएपछि १८ वर्षीय उनी पूनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् ।

घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका छन् । बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्