Logo
Logo

रनवेबाट चिप्लियो तारा एयरको विमान


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ बैशाख ।
रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटनाको मुखबाट जोगिएको छ ।
लुक्लाबाट आएको बिमान रामेछापमा अवतरणको क्रममा रनवेमा चिप्लिएको हो । तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो ।


उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्