Logo
Logo

धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध : मन्त्री राई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ वैशाख । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताएका छन् ।
नेपाल ख्रिस्टीयन महासंघले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताए ।
‘धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न’, मन्त्री राईले भने ।
विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली कांग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उनले आह्वान गरे । कांग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्यांकन गर्न केही समय कुर्नुपर्ने बताए । कार्यक्रममा महासंघका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्