Logo
Logo

सञ्चारमन्त्रीको आक्रोश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ बैशाख । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गालाई व्यक्तिको हुनबाट रोक्ने सरकारमाथि नै आलोचना गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘सरकारले नै बालुवाटारको जग्गा व्यक्तिको नाम हुनबाट रोकेको छ । तर, किन सरकारमाथि नै आलोचना
गरिन्छ ?’
बनेपाको टुकुचामा नवनिर्मित महाँकाल आधारभूत विद्यालयको आइतबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले अहिलेको सरकारले बालुवाटारको जग्गामा गडबडी छ बुझेर नै छानविन गरेर रोक्का गरेको स्पष्ट गरे । उनले भने, ‘यसअघि बनेका २४ वटा सरकारले गर्न नसकेको काम अहिलेको सरकारले गरेको छ । तर, सरकारको आलोचना किन ? मैले बुझ्न सकेको छैन । के भूमाफियामाथि जाइलाग्नु अपराध हो ? कागले कान लग्यो भनेर कुद्नुभन्दा आफ्नो कान छाम्ने काम गर्नुपर्छ ।’
सरकार पनि चुप लागेर बसेको भए बालुवाटारको जग्गा थुपै्रको नाम जाने थियो भन्दै उनले प्रश्न गरे, ‘राम्रो काम गर्दा कसैलाई खानै नदिएको जसरी सरकारको आलोचना भएको छ । के सरकार कानमा तेल हालेर चुप लागेर बसेको भए गज्जब हुन्थ्यो ?’
यसै सन्दर्भमा कार्यक्रममा मन्त्री बाँस्कोटाले दुई महिनाभित्र फोरजी सेवाको सर्भे सकिने जनाउँदै ६५ प्रतिशत काम सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्