Logo
Logo

भारतविरुद्ध नेपाललाई अग्रता, अन्जनले गरे गोल



तस्वीर : सामाजिक सञ्जाल

काठमाडाैं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल भएको हो । 

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्