Logo
Logo

दोस्रो हाफमा भारतले गर्‍यो बराबरी गोल



काठमाडाैं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गरेको छ । खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई दोस्रो हाफमा गोल गर्दै भारतले खेल बराबरीमा ल्याएको हो ।

दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । विपक्षी रक्षक र गोलकिपरबीच तालमेल नमिल्दाको फाइदा उठाउँदै अञ्जनले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा खाली पोष्टमा गोल गरेका थिए ।

आफ्नै सहयात्रीले दिएको ब्याक पास भारतीय गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अञ्जनले छरितो पारामा अगाडि बढेर बल चलाखीपूर्ण ढैगले विपक्षी पोस्टमा छिराएका थिए ।

लामो समयदेखिको गोलको खडेरी तोड्दै नेपालले पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफको सुरुवाती समयमा नै भारतका  अनिरुद्र थापाले गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्