Logo
Logo

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियो



काठमाडाैं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो ।

३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।

खेल बराबरी भएपनि विष्टले चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध गोलको खडेरी चिरेका छन् ।
यसअघि सन २०१५ मा विमल घर्ती मगरले भारविरुद्ध अन्तिम गोल गरेका थिए । त्यो खेलमा नेपाल ४–१ गोलको नतिजामा पराजित भएको थियो । विमलले त्यो गोल गरेयता भारतले नेपालाई ९ गोल गरेको छ ।

तर, नेपालले भारतीय रक्षापंक्ति छिचोल्न सकेको थिएन । यद्यपि, भारतीय खेलाडीको तालमेलको कमी र गल्तीको फाइदा उठाउँदै राष्ट्रिय टोलीबाट उत्कृष्ट फर्ममा रहेका अञ्जनले नेपालको खडेरी तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्