Logo
Logo

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत



काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित रु २ अर्ब मूल्य बराबरको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचीकरणपश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

हालै एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्