Logo
Logo

प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी २०७८ भदौ १६ गते सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र गेट कलेजकबीच भएको सम्झौताबमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम रु पाँच लाखसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।

शैक्षिक कर्जासम्बन्धी सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटनजस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ । योे सम्झौतापश्चात उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ । यस सम्झौताले होटल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्