Logo
Logo

पारा ओलम्पिक : पलेशा रेपेचेजतर्फ सेमिफाइनलमा



काठमाडौं । टोकियो पारा ओलम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन रेपेचेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

शुक्रबार बिहान भएको राउन्ड अफ १६ अन्तर्गतको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् । त्यसपछि पलेशाले रेपेचेजतर्फ प्रतिस्पर्धा गर्न पाएकी हुन् । उनले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरेकी हुन् ।

उनले ब्रायना सालिनारोलाई पराजित गरिन् । अब उनले सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभसँग खेल्नेछन् । उक्त खेल जितेमा पलेशाले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार बिहान भएको महिला के ४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएकी थिइन् । स्वर्ण पदकको चुनौती सकिए पनि पलेशा कास्य पदकका लागि भने रेपेचेजमा प्रतिस्पर्धा गर्ने मौका पाएकी हुन् ।

११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा पाँच खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्