Logo
Logo

ठेकेदारसँग प्रहरीको साँगगाँठ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीले एक ठेकेदारलाई विशेष सहुलियत दिएको छ । प्रहरीले चुस्तादेखि सबै लत्ताकपडासमेत ५० करोड रुपैयाँ बराबरको ठेक्का दिंदा चालु आर्थिक बर्षभित्रै सामान बुझाउनुपर्ने गरी दिएको छ । तर ३० हजार जोर डीएमएस बुटको ठेक्का पाएको प्लस प्वाइन्ट टे«डिङलाई अर्को आर्थिक बर्षभित्र बुझाए हुनेगरी सहुलियत दिएको छ ।

प्रबन्धका डीआइजी नारायणसिंह खड्का करिब १० करोड रुपैयाँ बराबरको बुट यही आर्थिक बर्षभित्र बुझाउनुपर्ने गरी ठेक्का दिनुपर्ने अडानमा थिए । तर आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापा र प्रबन्धका इन्स्पेक्टर केशवप्रसाद गौतमले १ सय २० दिनको समयसीमा राखेर अर्को आर्थिक बर्षभित्र आपूर्ति गर्नेगरी सहुलियत दिएका छन् । एसएसपी थापा र इन्स्पेक्टर गौतमले ठेकेदारसँग आर्थिक चलखेल गरी अर्को आर्थिक बर्षभित्र आपूर्ति गर्नेगरी बुटको ठेक्का सम्झौता यही साता गरेका छन् ।

प्लस प्वाइन्ट ट्रेडिङ कम्पनी वीरेन्द्र जोशीको नाममा छ । अरुलाई चाहिँ बढी समय नदिने, जोशीलाई मात्र १ सय २० दिनको समय दिएकोबारेमा प्रश्न उठ्न सक्ने तर्क डीआइजी खड्काले राखेका थिए । १ सय २० दिनको समय भनेको अर्को बर्षसम्म छुट दिनु हो । प्रहरीले टेण्डर खोलेर आसयपत्र जारी गरेको ३ हप्तासम्म ठेकेदार जोशी सम्झौता गर्न नगई घुक्र्याएर बसे । बुट जसरी पनि चाहिएकाले अर्को आर्थिक बर्षसम्म बुझाउने गरी ठेक्का सम्झौता गर्नका लागि बाध्य बनाउन ठेकेदार गएका थिएनन् । २०७६ असार २० सम्म सामान बुझाउन सक्दैनौं भनेपछि एसएसपी थापा र इन्स्पेक्टर गौतमले सेटिङ गरी १ सय २० दिनकै समय दिनेगरी सम्झौता गरिएको छ । अब ठेकेदार जोशीले अर्को आर्थिक बर्षको असार १५ सम्म सामान बझुाउन समय पाएक छन् । आइजीपी सर्वेन्द्र खनाललाई समेत गुमराहमा पारेर एसएसपी थापा र इन्स्पेक्टर गौतमले ठेक्का सम्झौता गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्