Logo
Logo

कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन



काठमाडाैं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोर्टसले प्रायोजन गरेको छ । 

शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो । रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा लगानी गरेकोमा लेभिन स्पोर्टसलाई धन्यवाद दिएकी छन् ।

नेपाली खेलकुद प्रबन्ध कम्पनी लेभिन स्पोर्टसको समन्वयमा केआई स्पोर्टसले रुविनालाई प्रायोजन गरेको हो ।

यता, नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाको कप्तानीमा महिला टोलीलाई प्रशिक्षणमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्