Logo
Logo

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलकाे पहिलाे हाफ गाेलरहित



काठमाडाैं । दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । नेपालले भने दुई स्पष्ट मौका सिर्जना गरेको थियो । खेलको १३ औं मिनेटमा मनीष डांगीले पेनाल्टी एरियामा राम्रो अवसर पाएका थिए । भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वभाविक ‘पोसिजन’ मा नहुँदा मनीष आफै अनियन्त्रित भए ।

भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपालका लागि कप्तान तथा गोलरक्षक किरणले सर्वाधिक खेल खेलेको कीर्तिमान राखेका छन् । उनले यसका लागि पूर्व कप्तान विराज महर्जनलाई उछिनेका हुन् । 

प्रतिक्रिया दिनुहोस्