Logo
Logo

अब नर्भिकमै ब्लडबैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सन् १९९३ मा सुरुवात भएको नर्भिक इन्टरनेशनल हस्पिटलले २६औं वर्ष टेकेको छ । २६औं वार्षिकोत्सवका अवसरमा नर्भिकका अध्यक्ष वसन्त चौधरीले नर्भिकमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन गरेका थिए । उक्त केन्द्रको व्यवस्थापन पश्चात् आफ्ना विरामीहरु लगायत अन्य सर्वसाधारणलाई आवश्यकतापर्ने रगतको भण्डारण आपैmसँग हुने, क्रस म्याच लगायतका सेवाहरु छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा विरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने भएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी तीन बर्षभित्र थप अन्दाजी रु. २०० करोडको लगानीमा अत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक÷प्राविधिक पूर्वाधार विकासबारे हस्पिटलका अध्यक्ष बसन्त चौधरीले उजागर गरेका हुन् । करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको र १५० शैयायुक्त रहेको बताउँदै आगामी सन् २०२२ भित्रै यसलाई २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने उनले बताए ।

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरु जतिसुकै बढेता पनि नर्भिकले सदैव विरामीको सर्वोपरी हितलाई ध्यान दिने प्रतिबद्धता दोहो¥याउँदै नर्भिक हिजो विरामी सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोही अनुरुप समर्पित रहने दृढता उनले राखे ।

हस्पिटलको प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले नयाँ उचाईमा पुग्दै गर्दा नयाँ चुनौति पनि आइपर्ने र त्यस्ता सबै चुनौतिहरुको सामना गर्न नर्भिक सक्षम रहेको बताए । नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेको भन्दै यसलाई आपूmहरुले कायमै राख्ने बताए, डा. जलानले ।

सोही समारोहमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी हस्पिटलहरुले गर्न सकेका छैनन् उनले भने ।


जसरी मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहँदै इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको र विगत १० बर्षमा पाचन प्रणाली उपचारका क्षेत्रमा निकै ठूलो फड्को मारेको डा. घिमिरेले दावी गरे । सो अवसरमा बोल्दै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला बैद्यले विगत १४ बर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जता विषय विशेषज्ञ उपचार सेवा दिंदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्पmत् सेवा सुरु गरेको हुँदा देशै भरबाट आउने रेफरल केसहरु सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताइन ।

समारोहमा बरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, बरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटुरोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, बरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रविन नेपालले आ–आफ्ना फ्याकल्टीलाई अभैm कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आपूmहरु दत्तचित्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्