नेपाललाई सामान्य लक्ष्य, सन्दीपले चार विकेट लिए « Drishti News – Nepalese News Portal
Logo

नेपाललाई सामान्य लक्ष्य, सन्दीपले चार विकेट लिए


दृष्टि संवाददाता


काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रि क्रिकेटमा पपुवा न्युगिनीले नेपललाई जितको लागि १३५ रनको सामन्य लक्ष दिएको छ ।

ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

पपुवा न्युगिनीका लागि पएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए । कप्तान भाला ४ रनमै आउट भए ।

नेपालको लागि सन्दीप लामिछानेले चर विकेट लिए । उनले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्