Logo
Logo

चुरे दोहनमा जनप्रतिनिधिकै संलग्नता


- दृष्टि न्युज/संवाददाता


वीरेन्द्र रावल, धनगढी

वातावरणीय रुपले अतिनै संवेदनशील क्षेत्रका रुपमा लिइने चुरे क्षेत्रको दोहन निरन्तर जारी छ । चुरे दोहोनका कारण तल्लो तटीय क्षेत्रको अस्तित्व दिनप्रतिदिन संकटमा पर्दै जान थालेको भए पनि सरकार कानमा तेल हालेर बसेको छ । कैलाली जिल्लाको कर्णाली चिसापानी देखि लिएर पश्चिम गोदावरी, बन्दरे खाल, खैराना लगायतका खोला तथा नदीहरुमा दिनहुँ अवैध रुपले उत्खनन् भइरहेको छ ।

नदीजन्य पदार्थको अनियमित तरिकाले उत्खनन् भैरँदा सम्म पनि स्थानीय निकायले चाँसो नदेखाउदा वातावरण विनासको प्रमुख कारक स्थानीय निकाय नै हो भन्नेमका दुइमतनै छैन । कैलालीको पूर्वी क्षेत्रमा अवस्थीत कर्णाली नदीमा दिनहुँ डोजर र एक्जाभेटरको प्रयोग गरेर ढुंगा,गिटट्ी र बालुवा उत्खनन गर्ने कार्य भैरहँदा पनि लम्की चुहानगरपालिका कानमा तेलहालेर बसेको आरोप स्थानीयको गुनासो छ ।

शुरुका दिनमा नदी तथा खोलामा ढुंगा,गिटट्ी र बालुवा ढुवानी गर्नका लागि प्रयोग गरिएका साधनहरुका चावी खोस्ने र देखावटी कारवाहीको बाहना गर्ने स्थानीय निकायका प्रतिनिधिहरु यतिबेला चुँसम्म नबोल्नुले स्थानीय निकायका जनप्रतिनिधिहरुको साँठगाँठ अवैध उत्खनन गर्ने व्यापारीहरुसंग छ भन्ने कुरालाई सहजै प्रमाणित गरिदिएको छ ।

गोदावरी नगरपालिका अन्तरगत पर्ने खैराना खोलामा त झनै खुलेआम एक्जाभेटर र डोजरको प्रयोग गरेर नदीजन्य पदार्थहरुको अवैध रुपल उत्खनन् भैरहँदासम्म पनि उत्खनन् रोक्ने कार्यमा चासोसम्म नदिएको स्रोतले बतायो । स्रोतका अनुसार स्थानीय निकायका पदाधिकारीहरुको मिलेमतोमा समेत कैलाली जिल्लामा अवैध रुपले नदीजन्य पदार्थहरुको उत्खनन् भैरहेको छ । खासगरी स्थानीय तहसँगको मिलेमतोमा कैलालीका विभिन्न खोला तथा नदीहरुबाट ठूलो मात्रामा तस्करहरुले गिटी, बालुवा, ढुंगा उत्खनन हुनेगरेको पाइएको छ । राज्य र स्थानीय निकायले चुरे क्षेत्रको वातावरणीय अवस्थामा आइरहेको स्खलनलाई रोक्नेतर्फ पहल नगरेका कारण पनि चुरे आसपास क्षेत्रलाई विनासको बाटोमा लगेको छ ।

कैलाली जिल्लामा भैरहेको चुरे विनासलाई समयमै रोक्नेतर्फ प्रदेश सरकारले पहल नगरेका कारण अव सरोकारवाला निकाय र स्थानीय जनताको पहलमा चुरे बचाउ अभियानलाई सार्थकतामा परिणत गर्न सकेको खण्डमा केहि हदसम्म भएपनि रोकथाम गर्न किने कुरा सुदूरपश्चिम पर्यटन विकास समितिका अध्यक्ष रमणचन्द्र श्रेष्ठले दृष्टिलाई बताए ।

उनले भने– छियाछिया भइरहेको चुरेलाई ततकाल संरक्षण गर्न जरुरी देखिन्छ अन्यथा तल्लो तटिय क्षेत्रको अस्तित्व निकै खतरामा रहेको छ । कैलाली जिल्लाका साविक ७ वटमा पहाडी गाविस (हाल मोहन्याल र चुरे गाउँपालिका) लाई बिशेष आरक्ष निमार्ण गरेर संरक्षणको अभियानलाई थालनी गर्न सकेको खण्डमा यसले सकरात्मक परिर्वतन ल्याउन सक्ने बताउछन्– संरक्षणकर्मी ओम सापकोटा ।

सापकोटाले भने– चुरे क्षेत्रको संरक्षण विना तराईको अस्तित्वसमेत संकटमा पर्ने भएकाले सर्वप्रथम चुरे बचाउन अभियानमा लाग्नु पर्नेमा जोड दिए । चुरे क्षेत्रमा भैरहेको अवैध दोहोनलाई रोक्नका लागि पटक पटक आवाज उठाउने र अनुगमन गर्ने लगायतका कार्यहरु भैरहँदा पनि केहि माफियाहरुले अवैध उत्खनन् गर्ने गरेका सूचनाहरु प्राप्त हुनु दुखको कुरा भएको बताउँछन्– कैलाली जिल्ला समन्व्य समितिका प्रमुख सूर्यबहादुर थापा । थापाले भने– हामीलाई प्रदेश सरकारले थप अधिकार सहित अनुगमन र कारवाही गर्ने प्रकृयाका लागि आफुहरु पटक पटक गएतापनि त्यसबारेमा खासै चाँसो देखाइएको छैन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कैलाली जिल्लामा क्रियाशील भएको भएता पनि यसले प्रभावकारी कार्यहरु गर्न नसकेको आरोप स्थानीय जनताको रहेको छ । कैलाली जिल्लाको उत्तरमा अवस्थीत चुरे क्षेत्र जथाभावी उत्खनन भएको गुनासो बढेसंग त्यसको बिशेष अनुगमनको लागि सम्बन्धित निकायले बेलैमा सोच विचार पु¥याउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्