Logo
Logo

वाईसीएलको संयोजकमा सुमन देवकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन् । मंगलबार बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले देवकोटालाई संयोजक चयन भएका हुन् ।

यस अघि वाईसीएलको राष्ट्रिय सम्मेलनले पदाधिकारी बिनै केन्द्रीय समितिको घोषणा गरेको थियो । आज पार्टी अध्यक्ष प्रचण्ड सहभागी भएको बैठकबाट देवकोटा संयोजक र सुबोधराज शेर्पाली सहसंयोजक चयन भएका हुन् ।

राष्ट्रिय सम्मेलनमा देवकोटा र सिर्पाली अध्यक्षका दाबेदार थिए। उनीहरुबीच सहमतिको प्रयास गरिए पनि जुटन नसकेपछि पदाधिकारीबिनै २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्