Logo
Logo

माओवादीको संसदीय दलको बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार दलको बैठक सुरु भएको हो।

संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुन लागेसँगै माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो।

संसदमा कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्नेबारे दलको बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
संसद बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्