Logo
Logo

मलेशियाली आमाहरूले जिते एउटा ऐतिहासिक लडाइँ


एजेन्सी


क्वालालम्बर । मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ ।

उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः नागरिकता प्राप्त गर्न सक्ने प्रावधानलाई कटौती गरेको र उक्त नियम भेदभावकारी रहेको आमा समूहले दाबी गरेका थियो ।

यस्तो प्रतिबन्ध दक्षिण पूर्वी एसियाली देशका पुरुषहरुका निम्ति भने आकर्षित छैन । यो नियम रुढीवादी विचारले ग्रसित भएको र मलेसियाको संवैधानिक भावना विपरीत रहेको समेत उनीहरूले दाबी गरेका थिए ।

बिहीबार क्वालालम्पुरको उच्च अदालतले भने उक्त मुद्दामा आमा समूहको पक्षमा फैसला गरेको छ । ‘यो फैसलाले मलेसियाली लैङ्गिक समानतालाई मान्यता दिएको छ, जो समानतावादी र न्यायोचित छ’ एनजीओ परिवार सीमानाका अध्यक्ष सुरी केम्पेले भनिन्, ‘यो फैसला सबै मलेसियाली आमाहरूमा लागू हुन्छ, मुद्दाका पक्ष विपक्षमा मात्र होइन’ केम्पेले थप पुष्टि गरिन् । तर सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्