Logo
Logo

प्रिति र सविताको गोलमा बंगलादेशमाथि नेपालको अग्रता



काठमाडाैं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय महिला टिमले अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा डेब्यु गरेका खेलाडीद्वय सविता राना र प्रिति राईले गोल गर्दै नेपाललाई सुरुमै दुईका विरुद्ध शून्य गोलको अग्रता दिलाएका हुन् ।

सविताले पहिलो हाफको १३ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । पहिलो गोल गरेको १० मिनेटमै प्रितिले नेपालको अग्रता दोब्बर पारिन् । एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेलिरहेको हो ।

अब अर्को खेल नेपालले आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्