Logo
Logo

भारतको अरुणाचलमा शक्तिशाली भूकम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ बैशाख । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु भएर राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको थियो । भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो समाचार तयार गर्दासम्म क्षतिको विवरण आएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्