Logo
Logo

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


कास्की, ११ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार राति करीब ८ः४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ग६प ३०२९ नंको मोटरसाइकलमा सवार तिमिल्सिना ठक्करबाट घाइते भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय संगम राई घाइते भएका थिए । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्