Logo
Logo

नेपालद्वारा पपुवा न्युगिनीलाई २ सय ३४ रनको लक्ष्य



काठमाडाैं । नेपालले पपुवान्यूगिनी सामु २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको हो ।

नेपालको ओपनिङ ब्याट्सम्यान टिक्न नसक्दा खराब सुरुवात गरेको थियो । ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल १० बल खेलेर तीन रन बनाएर आउट भए भने आसिफ शेख ६ बलमा तीन रन बनाएर पेभेलियन फर्किए ।

कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन हानेर आउट भए भने विनोद भण्डारीले १७ रन मात्रै बनाउन सके । कुशल मल्लले १ र सोमपाल कामीले ११ रन मात्रै योगदान गर्न सफल भए । कप्तान मल्लपछि क्रिजमा आएका रोहित पौडेलले ८६ रनको अर्धशतकीय पारी खेल्दै खेललाई टिकाएका थिए ।

रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि विनोद भण्डारीसँग ३७ रनको साझेदारी गरेका थिए ।
करनले २६ बलमा ४२ रन बनाउँदा त्यसपछि आएका ब्याट्सम्यान विक्रम सोब १ रन,, सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्