Logo
Logo

आउँदै जाँदै लोकतन्त्र


- दृष्टि न्युज/संवाददाता

0
Shares

नेपालमा लोकतन्त्र आउने र जाने गर्दै गरेको इतिहास छ । वैशाख ११ गते सरकारले लोकतन्त्र दिवश मनाउने गरेकोछ । ०६३ सालमा तात्कालिन राजावाट सत्ता जनताका प्रतिनिधिको हातमा आएको दिन भनेर यसलाइ स्मरण गरिन्छ ।

२००७ साल फागुण ७ गते नेपालमा पहिलो प्रजातन्त्र आएको दिन हो । राणा शासन समाप्त भएर प्रजातन्त्र स्थापना गरिएको घोषणा तात्कालिन राजावाट भएको दिन फागुण ७ हो । त्यो लोकतन्त्र ८ साल देखि ०१५ साल सम्म दरवारको खेलौना वनिरह्यो । कयौं आन्दोलनहरु पछि वल्ला ०१५ सालमा संसदिय चुनाव भयो । विपि कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको दुई तिहाइ वहुमत सहितको सरकार वन्यो ।

तर त्यो लोकतन्त्र ०१७ सालमा राजाले सैन्य वलको प्रयोग गरि समाप्त पारे । त्यसपछि राजाले पंचायती प्रजातन्त्र नामको दरवारीया लोकतन्त्र दिए ।

 

०३६ सालको आन्दोलन पछि जनमत संग्रहको रुपमा जनताले लोकतन्त्र प्राप्त गरे । तर त्यसमा वहुदलीय लोकतन्त्र हराइयो र सुधारिएको पंचायती प्रजातन्त्रलाई जिताइयो ।

०४६ सालको आन्दोलन पछि वहुदलीय प्रजातन्त्रको स्थापना भयो । तर ०६१ माघ १९ देखि ज्ञानेन्द्रले पुनः सत्ता हातमा लिए । जनयुद्ध र जनआन्दोलनको वलमा ०६३ वैशाख ११ गते संसदको पुनस्र्थापना भयो । ०६५ जेठ १५ गते लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो ।

लोकतन्त्र ०७ सालमा आयो, ०८ सालमा गयो । ०१५ सालमा आयो, ०१७ सालमा गयो । ३६ सालमा आयो, ३७ सालमा गयो । ४६ सालमा आयो, ०६१ सालमा गयो । ०६३ वैशाख ११ गते फेरि आयो ।

०६३ देखि ०७६ सालको १३ वर्षमा धेरै उथल पुथल भएकोछ । दुई पटक संविधानसभाको चुनाव भएको छ । लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएकोछ । वारम्वार लोकतन्त्र हरण गर्ने राजतन्त्र हटाइएकोछ ।

अहिले चुनाव भएर स्थानिय सरकारहरु, प्रदेश सरकारहरु र दुई तिहाइ वहुमत सहितको केन्द्रिय सरकार स्थापना भएको छ ।

०७ साल देखि अहिल सम्म जे जस्ता लोकतन्त्रहरु स्थापना भएका छन् ती सबै मुठ्ठिभर सामन्त वर्ग, दलाल पूँजीपति वर्ग र नोकरशाही पूँजीपति वर्गको तन्त्र भएको छ । वहुसंख्यक जनताको लोकतन्त्र अहिले सम्म पनि स्थापना भएको देखिन्न ।

शासकहरु र सरकारमा गएकाहरुले सबै जनताको लोकतन्त्र भनेर भ्रम दिएपनि केही समयपछि नयाँ आएको व्यवस्था र सरकारपनि पहिलाको जस्तै वहुसंख्यक जनताको हितको लागि नभएको देखिंदै आएको छ ।

एकल राजा भएको राजतन्त्रलाई जनताले हटाए । तर वहुराजातन्त्र अहिले पनि वाँकि छ ।

अवको लोकतन्त्र वास्तविक रुपमा वहुसंख्यक जनताको लोकतन्त्र हुनु पर्दछ । अवको लोकतन्त्रको लडाई वास्तविक रुपमा वहुसंख्यक जनताको लोकतन्त्र हुनु पर्दछ । यो कठिन लक्ष्य र वाटो अवश्यपनि हो । तर यो असम्भव होइन ।

कति पटक क्रान्ति, आन्दोलन आदि गर्ने भनेर निराश मानेर समस्या समाधान हुँदैन । कति धुलो आएको भनेर दैनिक वढार्न छोडेमा के होला ? कति दिन दिनै दाँत माझ्ने भनेर दाँत माझ्न छोडेमा के होला ? आन्दोलन पनि त्यस्तै हो । आवश्यकता अनुसार दश पन्द्र वर्षमा पुनः गर्नु पर्ने हुन्छ ।

लोकतन्त्र दिवशको यहि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्