Logo
Logo

प्रिमियर लिग : टोटेनहम क्रिस्टल प्यालेसँग पराजित



एजेन्सी । प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । शनिबार साँझ
सेलहर्स्ट पार्क लन्डनमा भएको खेलमा टोटेनहम क्रिस्टल प्यालेसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

प्यालेसलाई सहज जित दिलाउनको लागि प्रिमियर लिगमा डेब्यु गरेका ओडसोन इडुआर्डले दुई गोल गरे भने विलफ्रेड जाहा एक गोल थपे ।
खेलको दोस्रो हाफमा टोटेनहम १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोलीले उठाउन सफल भएको थियो ।

५८ औं मिनेटमा जाफेट टान्गान्गा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम संकटमा परेको थियो ।

७६ औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । कोनोर गाल्लाघरको क्रसलाई पेनाल्टी बक्समा बेन डेभिसले हातले बल छोएपछि रेफ्रीले क्रिस्टललाई पेनाल्टी दिएको थियो ।

८४औं मिनेटमा इडुआर्डले जाहाकै पासमा गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे । यसै ट्रान्सफर विन्डोमा प्यालेस आएका उनले मैदान प्रवेश गरेको २७ सेकेन्डमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडुआर्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–० ले स्तब्ध पारे ।

यो जितसँगै क्रिस्टल प्यालेसको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित टोटेनहमको ४ खेलबाट ९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्