Logo
Logo

बैंक ठग्ने मेनपावर सञ्चालन सिआईबीको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ बैशाख ।
नक्कली कागजपत्रका आधारमा बैंकबाट कर्जा लिने मेनपावर सञ्चालकहरु पक्राउ परेका छन् । झरना ह्युमेन रिसोर्स प्रालिका सञ्चालकहरु शंकर धिताल र अनिल अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो ।


उनीहरुले फिडियस ट्राभल्स एण्ड टुर्स प्रा.लि.को नाममा आन्तरिक राजश्व कार्यालय,लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी श्री झरना ह्युम्यान रिसोर्स प्रा.लि.को नाममा जारी भएको बनाई कर चुक्ता प्रमाणपत्र तयार गरि कृषि विकास बैंक, स्वयम्भु शाखाबाट ऋण लिएका थिए ।
राष्ट्र बैंकको अनुगमनमा कर कार्यालयको पत्रमा शंका भएपछि छानबिन गर्दा रहस्य खुलेको हो । सो ट्राभल्सले धेरै कर तिरेको थियो । कर तिरेको आधारमा बैंकबाट बिजनेश लोन पाइने भएकाले उनीहरुले कीर्ते गरेका हुन् । लिखितसम्बन्धि मुद्दामा दुवै जना जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्