Logo
Logo

नेकपामा तनहुँ र बागलुङको स्थानीय तहमा नेतृत्वको टुंगो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,११ वैशाख । तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुंगो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मंगलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको हो ।
तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पूर्वमाओवादी केन्द्रको भागमा एक नगरपालिका र चार गाउँपालिकाको नेतृत्व परेको छ ।
पूर्वएमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादी अध्यक्ष भएको ठाउँमा पूर्वएमालेको सचिव तोकिएको छ ।
तनहँुमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।यसैगरी भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भीमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् । यसअघि पार्टीले नेकपाको जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

यस्तै, बागलुङमा पनि दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुंगिएको छ ।
यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) लाई पाँच/पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ । गलकोट नगरपालिका, ताराखोला, बरेङ, निसीखोला र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्वमाओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने नीतिगत समझदारी बनेको थियो ।
बागलुङ नगरपालिकाको अध्यक्षमा धनबहादुर परियार, सचिवमा इन्द्र केसी, जैमनी नगरपालिकाको अध्यक्षमा इन्द्र थापा, सचिवमा झमन पाण्डे, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा डम्बर श्रीस चुनिनुभएको छ । यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन र सचिवमा भीम गौतमको टंगो लागेको छ ।
काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, सचिवमा कृष्ण थापा, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा, सचिवमा प्रेम पौडेल, ताराखोला गाउँपालिकाको अध्यक्षमा पदम खत्री ‘दिवस’ र सचिवमा धनबहादुर बुढा चयन भएका छन् ।
यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा गुणनिधि घिमिरे, सचिवमा वसन्त थापा, तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्र छन्त्याल, सचिवमा लीलबहादुर पुन, निसीखोला गाउँपालिकाको अध्यक्षमा कुवीर विक र सचिवमा रुद्र पौडेल चुनिनुभएको छ ।

गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले स्थानीय तहको नेतृत्व टुंगाएको जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए । पार्टीको जिल्ला संयन्त्रले स्थानीय तहमा सर्वसम्मत नेतृत्व छनोट गरी अनुमोदनका लागि प्रदेश समितिलाई सिफारिश गरेको थियो ।
सोमबार मात्रै पार्टी केन्द्रले जिल्ला समितिको नेतृत्व टुङ्गो लगाएको थियो । जिल्ला अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गेरै ‘अनिल’ चुनिएका छन् । सापकोटा पूर्वएमालेबाट र गैरै पूर्वमाओवादी केन्द्रबाट हुनुहुन्छ । जिल्लाका ८५ वटै वडामा पनि एकता प्रक्रिया टुंगिएको नेकपा बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्