Logo
Logo

सिटी एक्सप्रेसको शाखा बेलायतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सेवा सञ्जाल विस्तारका क्रममा बेलायतमा शाखा सञ्चालन गरेको छ । बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डनलगायले संयुक्त रूपमा बेलायत शाखाको उद्घााटन गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो सेवा मोबाइल एप्लिकेसन र अनलाइनका साथै बेलायतभर रहेका आफ्ना प्रतिनिधिमार्फत पनि दिने जानकारी दिएको छ । साथै कम्पनीले बेलायतबाट नेपालमा मात्रै नभई आगामी दिनमा विश्वभरबाट विप्रेषण सेवा दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्