नेपाल प्रहरीका डिएसपी कुँवर राष्ट्रसंघको महत्वपूर्ण जिम्मेवारीमा छनोट « Drishti News – Nepalese News Portal
Logo

नेपाल प्रहरीका डिएसपी कुँवर राष्ट्रसंघको महत्वपूर्ण जिम्मेवारीमा छनोट


दृष्टि न्यूज



काठमाडौं । नेपाल प्रहरीका डिएसपी किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । खुला प्रतिस्पर्धाबाट उनी सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् ।


नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरेका छन् ।


प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्