Logo
Logo

एक हजार ४८६ संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा एक हजार ४८६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार १४९ र एन्टिजेनबाट ३३७ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १२ हजार ५३९ जनाको पीसीआर र चार सात जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार २६० जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्