Logo
Logo

बारा र तनहुँका सिडिओ हेरफेर




काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लामा सिडिओ हेरफेर गरेको छ । बारा र तनहुँका सिडिओ फेरिएका हुन् ।

बारामा कृष्णबहादुर कटवाल तथा तनहुँमा विश्व अर्याललाई पठाइएको छ । एक वर्षको अवधि पुगेको आधारमा ती जिल्लाका सिडिओ हेरफेर भएका हुन् ।
अर्याल विपद् जोखिम प्राधिकरण तथा कटवाल झुम्का कारागारमा कार्यरत थिए । अन्य जिल्लाका सिडिओ पनि गृहले हेरफेर गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्