रौतहटमा राअवि टोलीकै एसपीलाई पठाइयो « Drishti News – Nepalese News Portal
Logo

रौतहटमा राअवि टोलीकै एसपीलाई पठाइयो


दृष्टि न्यूज



काठमाडौं । पत्रकारलाई लागू औषध मुद्दामा फसाउन लागेको घटनामा रौतहटका एसपी सिद्धिबिक्रम शाह हटाइएका छन् । त्यसमा उनको कमजोरी देखिएपछि हटाइएको हो ।


प्रहरी प्रधान कार्यालयले रौतहटमा एसपी बिनोद घिमिरेलाई पठाएको छ । एसपी घिमिरे पनि शाह जस्तै गुप्तचरबाट नेपाल प्रहरीमा भित्राइएका विवादास्पद अधिकृत हुन् । उनी पनि यसअघि पटक पटक आर्थिक लेनदेनमा मुछिएका छन् ।
कांग्रेसकै सरकार हुँदा चलखेलका आधारमा गुप्तचरबाट नेपाल प्रहरीमा दर्जनौं अधिकृतलाई भित्राइएको थियो । अहिले कांग्रेसको सरकार बनेपछि उनीहरुले नै अवसर पाउन थालेका छन् । जसले प्रहरीका इमान्दार अधिकृतलाई निरास बनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा रौतहटमा उनलाई पठाइएको स्रोत बताउँछ । यसले अफताब आलम समूह खुशी भएको छ । एसपी घिमिरे आलम निकट मानिन्छन् । जसकारण जिल्लामा आलम पीडितहरुमाथि झन् अन्याय हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्