Logo
Logo

सेनाका कर्णेल र प्रहरीका डिएसपीको विभूषण रद्द




काठमाडौं । सरकारले तीनजनाको विभूषण रद्द गरेको छ । जसमा दुई सुरक्षाकर्मी र एक पत्रकार छन् । पत्रकार लक्ष्मी पुनले नलिने निर्णय गरेकाले र दुई सुरक्षाकर्मी कारबाहीमा परेकाले उनीहरूको विभूषण रद्द भएको हो ।नेपाल प्रहरीका निलम्बित डिएसपी रमेशबहादुर सिंह र नेपाल सेनाका प्रमुख सेनानी असीमदीप गुरुङको विभूषण रद्द भएको हो ।


डिएसपी सिंहले प्रहरीमा भर्ना हुँदा नक्कली कागजपत्र पेस गरी उमेर सच्याएको पाइएपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा दायर भएलगत्तै उनी निलम्बनमा परेका थिए । त्यसअघि उनी घुससहित पक्राउ परेकोमा विशेष अदालतबाट मुद्दा जितेर बहाली भई डिएसपीमा बढुवा भएका थिए । प्रमुख सेनानी गुरुङ पनि कारबाहीमा परेकाले उनको विभूषण खोसिएको स्रोत बताउँछ । गत ७ असारको मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूको विभूषण रद्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्