Logo
Logo

सोनीको ड्रेसमा निर्णायकको ‘इम्प्रेस’ (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ बैशाख । राजधानीको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेट मंगलबार साँझ अन्य दिनभन्दा फरक देखियो । प्रायः विवाहलगायतका पार्टीले भरीभराउ ब्याङ्क्वेट मंललबार फेसन डिजाइनरहरुले रंगाए । प्रशंग थियो, ‘ड्रेस टु इम्प्रेस’ शीर्षकको डिजाइनर कन्टेस्ट ।


इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’द्वारा आयोजित ‘डे«स टु इम्प्रेस’मा ७२ जना डिजाइनहरु प्रतिस्र्धामा उत्रिएका थिए । प्रतियोगितामा सोनी श्रेष्ठ आफ्ना ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता बन्न सफल भइन् । उनले निर्णायक मण्डललाई ‘इम्प्रेस’ पार्दै उपाधि जित्न सफल भएकी हुन् । सोनीले उपाधिसहित नगद १५ हजार पनि प्राप्त गरिन् ।


त्यस्तै, प्रतियोगितामा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप श्वेता शाक्य र सराह बानियाँ भए । शाक्य र बानियाँले पनि क्रमशः १० र ८ हजार नगद पुरस्कार पाए । उनीहरुका लागि फेसन डिजाइनर विश्व गौतम, हेयर स्टाइलिस्ट निल डेभिड कटवाल, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, डिजाइनर राजु सुवाललगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
‘डे«स टु इम्प्रेस’ डिजाइनर कन्टेस्ट अन्य कार्यक्रमभन्दा भिन्न थियो । अन्य डिजाइनर कन्टेस्टमा डिजाइनरले तयार पारेका पहिरनमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुने गरेका छन् । तर, ‘ड्रेस टु इम्प्रेस’ मा डिजाइनरहरु नै ¥याम्पमा उत्रिएका थिए । आफूले तयार पारेको पहिरनमा डिजाइनरहरु मोडलभन्दा कम देखिएन । डिजाइनहरु मोडल तथा कोरियोग्राफी विपना थापाको कोरियोग्राफीमा ¥याम्पमा उत्रिएका हुन् ।


आईआईएफटीमा ६ महिनाभन्दा बढी डिजाइनरको कोर्ष गरेका विद्यार्थीबीच ‘कन्टेस्ट’ गरिएको आयोजक संस्थाका निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।
कार्यक्रममा बरिष्ठ गायक लाक्पा शेर्पा, प्रवेशमान शाक्य, गायिका विष्णु चेम्जोङलगायतले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्