Logo
Logo

माछापुच्छरेको बीसौं साधारणसभा सम्पन्न, डा. महतो अध्यक्ष चयन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा २०७५ पुस २० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा सम्पन्न भयो ।


साधारणसभाले बैंकको अव २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।
उक्त साधारणसभाले संस्थापक समूहका शेयरधनीको तर्फबाट डा. बीरेन्द्रप्रसाद महतो, रोशन केसी र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, उक्त साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले डा. बीरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।
बैंकले आव २०७५/७६ को पहिलो त्रैमास सम्ममा रु ३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा रु ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकको अहिले ८८ शाखा, २ एक्सटेन्सन काउन्टर, ५२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावलाई सेवा दिइरहेको छ । बैंकको देशभर १०८ एटीएम सेवा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्