Logo
Logo

१७ सिडिओको सरुवा, चितवनमा तामाङ, ललितपुरमा उपाध्याय




काठमाडौं । गृह मन्त्रालयले १७ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा महत्वपूर्ण जिल्लाका सिडिओ हेरफेर भएका छन् ।


गृहका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर पठाइएको छ। त्यस्तै मोरङमा काशिराज दाहालको सरुवा भएको छ । संखुवासभामा नुरहरी खतिवडा, दोलखामा टेकराज निरौला, भक्तपुरमा रुद्रादेवी शर्मा, रामेछापमा दीपक पहाडी, रुपन्देहीमा ऋषिराम तिवारी, उदयपुरमा वीरेन्द्र यादब, चितवनमा आस्मान तामाङ तथा धादिङमा कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्