Logo
Logo

‘जिन्दगीको परिभाषा’ खोज्दै सपनाश्री (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख । एकताका नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन् सपनाश्री । तर, केही समययता सांगीतिक क्षेत्रमा उनको उपस्थिति निकै पातलिएको छ । यसैबेला जीवनको आरोह–अवरोहलाई समेटेर सपनाश्रीको आवाजमा ‘जिन्दगीको परिभाषा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
राजु लामाको शब्द तथा संगीत गीतमा रहेको उक्त गीतको भिडियोमा जिन्दगीको परिभाषा बुझ्न निकै कठीन हुने कुरालाई समेटिएको छ । मनभित्र जस्तोसुकै पीडा भएपनि हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतमा समेटिएको छ ।
धिरज खत्रीको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन र शंकर अधिकारीले निर्देशन गरेको भिडियोमा प्रतिक्षा, अजय, पवन, तुलसा र बालकलाकार खुश्बुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्