Logo
Logo

दशैंका लागि आइएमईले ल्यायाे डबलको डबलको डबल अफर



काठमाडाैं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ सम्म ५७ दिनका लागि अफर सार्वजनिक गरेको हो ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा) रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

यस्तै, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

आइएमई पेमा रकम प्राप्त गर्दा २ सय थप बोनसको व्यवस्था रहेको जनाईएको छ । आइएमई पेमा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था हुने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ग्राहकले आइएमईप्रति देखाएको भरोसा अनुसार योजना ल्याएको बताए। कम्पनीका अनुसार सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ।

योजनामा आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायिक साझेदार(एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्