Logo
Logo

मालपोत कार्यालयका घुुससहित समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख ।
मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरी पक्राउ परेका छन् । सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि उनले घुस लिएका थिए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीलाइ २० हजार घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्