Logo
Logo

श्रीलंकामा पुन: बम बिस्फोट, मृत्यु हुने ३६० पुग्यो


- दृष्टि न्युज/संवाददाता


कोलम्बो, १२ बैशाख (सिन्ह्वा) । श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान भएको उक्त बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको प्रहरीले बताएको छ ।
गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च)मा भएका शृंखलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्