Logo
Logo

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ : बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता


तस्बिर : रासस

काठमाडौं, १२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।
‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनीरुपमा महिलामा विभेद नभएपनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सं÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिए ।
‘कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।
सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न संघ÷संस्थालाई सम्मान गरिनाका साथै प्रभातफेरी र आइसिटी प्रदर्शनीसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्